गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची फागुन-१ । संचारको विकासमा महत्वपूर्ण भुमिका खेलेको रेडियोको विकासमा स्थानिय स्रोतामुखी रेडियो कार्यक्रम दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
सातौं बिश्व रेडियो दिवसको अबसरमा नयां एफ.एम ले सन्धिखर्कमा आयोजना गरेको रेडियोहरुको बकासमा रेडियोकर्मीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
नयां एफ.एम.का स्टेशन म्यानेजर हरी प्रसाद भुसालको अध्यक्षता,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जिसी लेकालीको प्रमुख आथित्यता,बिशाल पाण्डेको स्वागत मन्तव्य र बिक्रम पान्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय रेडियोको गुणस्तर खस्कंदै जांदा रेडियो स्रोता घटेको भन्दै रेडियोलाई ब्यबस्थित गर्न संचालक र रेडियोकर्मीले बिशेष ध्यान दिनुपर्ने बताएका छन् ।
कर्मचारीको तलब ब्यबस्थापन,बिज्ञापन ब्यबस्थापन गरि समय अनुसार बिषयगत रेडियो कार्यक्रम संचालन,सत्य,तथ्य,ताजा र खोजि समाचार प्रशारणमा ध्यान दिन सकेमा मात्र रेडियोको गुणात्मक विकास हुन सक्ने उनिहरुको निष्कर्ष रहेको छ ।
कार्यक्रममा लामो समय देखी मिडियामा काम गर्ने पत्रकार,रेडियो कार्यक्रममा लामो अनुभव बटुलेका संचारकर्मी देखी रेडियो संचालक सम्मको सहभागिता रहेको थियो ।