अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ चुत्रावेशीमा स्थित श्री शिद्धेश्वर शिवालय मन्दिरमा महाहवन कुण्डको उदघाटन तथा शिवरात्री विशेष मेला मेला लागेको छ ।
शिद्धेश्वर शिवालय मन्दिरमा विहानै देखि दर्शालु भक्तजनहरुको दर्शन गर्न घुईचो लागेको थियो । साथै शिवालय मन्दिरमा पुजाँपाठ, होमनकुण्ड स्थापना तथा भजन कृतन भईरहेको छ ।
यस्तै अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्ला भर आज शिवरात्री पर्ब धुमधामसँग मनाएको छ ।
मुख्य रुपमा जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ती बगैचामा रहेको १०८ पञ्चाङग मन्दिर सन्धिखर्कमा धुमधामका साथ शिवरात्री पर्व मनाइयो ।
उता जिल्लाको अर्को हसंपुरमा रहेको शिवालय मन्दिर, खनमा रहेको मालारानी मन्दिर, ढिकुराको म्यालपोखरीमा रहेको शिवालय मन्दिर,खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर, अर्घातोषमा सत्यवती शिव मन्दिर, धारापानी, ढाकावाङ, खाचिकोट,वाङ्ला, नरपानी, ठाडा र बल्कोट साजबोटमा रहेको शिवलाय मन्दिर तथा जिल्लाका स्थानिय देव देवायलय हरुमा शिवरात्रीको अबसरमा भगवान शिवको पुजाआजा गरी मनाइएको छ ।