अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी क्याम्पस, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पाणिनी बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको आयोजनामा प्रणय दिवसको अवसरमा प्रेम पत्र वाचन प्रतियोगिता सप्पन्न भएको छ ।
प्रतियोगितामा अभिनव चौहान प्रथम, मेलिना सिंह ठकुरी द्वितीय, सरोज श्रेष्ठ तृतीय र मनिषा खनालले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा मधवराज चुदाली, लक्ष्मण भट्टराई र मञ्जु घिमिरे निर्णयक रहेका थिए ।
सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विकको प्रमुख आथित्यतामा सम्पन्न प्रतियोगिता कार्यक्रमको अध्यक्षता सुदीप खनाल, स्ववियु सभापति लक्ष्मण खड्काको स्वागत र राजेन्द्र प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।