अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ स्थित सानाटाकुरा गाउँमा भीषण आगलागी भएको छ ।
सानाटाकुराका गोपाल नेपालीको घरमा विहिबार अपरान्ह करिब ४ बजे एक्कासी आगलागी हुँदा घर र गोठमा पूर्ण रुपमा नष्ट भएको हो ।
आगलागीबाट कुनै मानवीय क्षति तथा घर पालुवा जनावरको क्षति भएको छैन् । आगलागी दिउसो नास्ता बनाउने बेलामा भएको बताइएको छ । तर कारण खुल्न सकेको छैन् ।
आगलागीबाट ३ लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।
स्थानियबासी र इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।