पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी

सरकारले पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन्।
सचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनिसकेकाले विगतमा सिफारिस भएका नाम असान्दर्भिक भएको र अब नयाँ नाम सिफारिस हुने जानकारी दिए। ‘नयाँ सरकारले नयाँ नाम सिफारिस गर्छ,’ ज्ञवालीले भने।
स्रोतका अनुसार एमाले र माओवादीबीच भागबन्डा गरेर तीन जनाको नाम सिफारिस गरिनेछ। दुई जना एमाले र एक जना माओवादीका तर्फबाट सिफारिस हुने सम्भावना छ। कान्तिपुरमा समाचार छ ।