अर्घाखाँची सेवा समाज कतारद्वारा बाँगीका क्यान्सर पीडित राकेश थापालाई आर्थिक सहयोग

टेक राज थापा
कतार । अर्घाखाँची सेवा समाज कतारले मालारानी गाउँपालिका वाड न. ५ साबिक बाँगी कुझेरी बस्ने अन्दाजी बर्ष ४२ का राकेश थापालाई आर्थिक रकम सहयोग गरेको छ । उनी बिगत एक बर्ष देखि  भक्तपुर  क्यान्सर हस्पिटल उपचाररत गराउदै आउनु भएको थियो । 
लामो समय सम्म पनि उपचार गर्दा गर्दै पनि केही निको न भए पछि डाक्टरको सल्लाह अनुसार उनको दायाँँ खुट्टा अप्रेसन गरि काट्नु पर्ने भएको हुदा उक्त खुट्टा अहिले कटाईएको र उहाँको उपचार भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत रहनु भएको छ ।
सामान्य परिवारको हुदा लामो समय सम्म उपचारको ठूलो खर्च लाग्ने भएको हुदा उहाँ स्यंम र उहाँको आफ्न्तजनले सहयोगको लागि अपिल गरेका थिए । 
मानबिय सेवा हो नै भन्ने हेतुले अर्घाखाँची सेवा समाज कतारका कार्यसमिति पदाधिकारीबाट सस्थाले केही रकम सङ्कल गरि क:री ४७३ /- अर्थात नेपाली रुपैया बाह्र हजार आठ सय बाह्र सस्थाका केन्द्रिय सदस्य नेत्र प्रसाद आचार्य हस्तान्तरण गरेका पनि थिए ।
उक्त  रकम  पीडितका आफन्त  नारायण बहादुर महतको नाममा  रकम  नेपाल  पठाईएको छ। यस्तै सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई पीडितका आफ्न्ता नारायण महत लगाएत निजका परिवारले हिर्दय देखि धन्यवाद आभार प्रकट गरेका छन । 

अन्य समाचारहरु