राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रिय सभाको निर्वाचन गर्न समय लागेपछि प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो।
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन्। तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। कान्तिपुरमा समाचार छ ।