प्रजातन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकामा दीप प्रज्वलन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाले प्रजातन्त्र दिवसका अवसरमा आज सन्धिखर्क नगरपालिकाको कार्यालयमा दीप प्रज्वलन गरेको छ । 
नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ । दीप प्रज्वलन सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक लगायतले गरेका थिए ।  
उता यस अघि आज दिउसो प्रजातन्त्र दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको थियोे ।
पञ्चेबाजा सहितको प्रभातफेरिले सन्धिखर्क र चुत्राबेसीकाे बजार परिक्रमा गरेको थियोे ।
प्रभातफेरि सन्धिखर्ककाे टुडखेलमा गई प्रबचन कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले प्रजातन्त्र र लाेकतन्त्रलाई दिगाे बनाउन सबै लाग्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयाेजक पिताम्वर शर्मा , सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , एमालेका राम बहादुर चाैहान, कांग्रेसका शान्ता भण्डारी , माअाेवादिका छम कुमारी खनाल लगायतले मन्तब्य राखेका थिए । 

अन्य समाचारहरु