अर्घाखाँचीमा आज आव्हान गरेको बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको धम्की

Image result for अर्घाखाँची बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले आज फागुन ८ गते मंगलवार आव्हान गरेको नेपाल बन्द सफल पार्न अर्घाखाँचीबासीलाई  अपिल गरेको छ । यस्तै बन्दको  अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने समेत धम्की दिएको छ ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सेक्रेटरी खिम घर्तीले निकालेको एक विज्ञप्ती अनुसार आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको आव्हान गरेको बताइएको छ । 
य्स्तै सो पार्टीले नेपाल बन्दको अघिल्लो दिन सोमबार साँझ अर्घाखाँचीभरी मसाल जुलुस प्रदर्शन गरेको छ ।   
विज्ञप्तीमा नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेताह कार्यकर्तारु गिरफ्तार परेपछि बन्दको घोषणा गरेको बताइएको छ । नैतिकताहिन धरपकड रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विना शर्त मुक्त गर्न ओली सरकारसँग  माग गरिएको छ । 
यस्तो छ विज्ञप्ती:- 


Image result for सन्धिखर्क बन्द arghakhanchi
Related image
Image result for सन्धिखर्क बन्द arghakhanchi

अन्य समाचारहरु