सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची फागुन ८ । सन्धिखर्क नगरपालिकाको आयोजनामा तिन दिने नगर स्तरीय अगुवा कृषक तालिम आज देखि सुरु भएको छ ।
 सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यामा सम्पन्न भएको कार्यक्रममा  नगर उपप्रमुख  ठाकुर कुमार विक, वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारी, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी  लेकालीले तालिम सफलताको शुभकामना मन्तव्य राखेका थिए । 
कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले  प्राङगारिक खेतीका लागि बढ्वा दिने भन्दै  कृषि पेशालाई मर्यादित र व्यवसायीक बनाउन जोड दिने बताए । उनले तरकारी संकलन केन्द्र स्थापना गरि बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 
कार्यक्रम नगर कृषि शाखा प्रमुख नन्दलाल पाण्डेको अध्यक्षता, कृषि प्राविधिक राजेन्द्र भट्टराइको सञ्चालनमा सम्पन्न भएको हो । 
कार्यक्रममा  सन्धिखर्क नगरपालिकाका प्रशासकिय अधिकृत गोविन्द केसी, कार्यपालिका सदस्य श्रृजना विक, जेटिए  सुष्मा वोहरा लगायतको आतिथ्यता रहेको थियो । 

अन्य समाचारहरु