लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रसारणलाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो ।
मध्यमर्स्याङ्दीदेखि तल्लो मर्स्याङ्दीसम्मको १३२ केभी प्रसारणलाइनको दोस्रो सर्किटको टावर नम्बर-२ देखि टावर नम्बर-१ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिए ।
दुई दिनका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
दुई दिनसम्म विद्युत् बन्द हुँदा लमजुङको सम्पूर्ण भू–भाग र तनहुँको बाइसजाँगर, मानेचौका, रुपाकोटलगायतका उपभोक्ता प्रभावित हुनेछन् । रासस