सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सोमबार (आज)देखि सिटामोलको व्यावसायिक उत्पादन सुरु गरेको छ ।
लामो समय बन्द रहेर ११ महिनाअघि पुनः सन्चालनमा आएको नेपाल औषधि लिमिटेडले जीवनजलपछि सिटामोलको उत्पादन सुरु गरेको हो । सिटामोलको बजार मूल्य प्रतिट्याबलेट १ रुपैयाँ रहेको छ ।
औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसन सुवेदीले १० लाख ट्याबलेट उत्पादन गरी फागुनपछि सिटामोल बजार पठाउने तयारी भइरहेको बताए ।
सरकारले निःशुल्करुपमा वितरण गर्दै आएका ७० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य नेपाल औषधि लिमिटेडले राखेको छ । इमेजखबरमा समाचार छ ।