अर्घाखाँचीमा जय माँ काली नामक धार्मिक संस्थाद्दारा जिल्लाभर सामाजिक अभियान तथा सेवामुखी अभियान शुरु


सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा स्थापना गरिएको जय माँ काली नामक धार्मिक संस्थाले जिल्लाका हरेक ठाउँमा सामाजिक अभियान तथा सेवामुखीअभियान शुरु गरेको छ ।
समाजसेवी एमब युवा ब्यक्तित्व राजकुमार खनालको अगुवाइमा जयमाहाकाली नामक विशुद्द धार्मिक संस्था स्थापना गरिएको हो ।
सन्धिखर्कमा स्थापना भएको संस्थाले जिल्लाका दुखी पिडित गरिब निमुखा बिभिन्न रोगबाट पिडित भएका उपचार गर्न नस्ने ब्यक्तिहरुलाई अार्थिक सहयोग गर्नुको साथै सामाजिक काममा अग्रसर्ता देखाउदै अाएपछि अर्घाखाँचीबासीहरु हर्सित भएका छन ।
सन्धिखर्कमा बस्ने युवाहरु राजकुमार खनाल खडान्नद्द भुसाल बामरुके लगाएतले संस्थामा रहेर सेबा गर्दै अाएका छन । बिशुद्द ब्यक्तिगत लगानीबाट यहाँका दुखी पिडितहरुलाई संस्थाले सेवा दिदै अाएको छ ।
जिल्लामा धेरै गैरसरकारी संस्था भएको भएपनि करोडौं बजेट भएका संस्थाले गर्न नसकेको सामाजिक काम यो संस्थाले गर्दै अाएको पिडितहरु बताउछन ।
संस्थालाई जिल्लाका गाउँपालिका नगरपालिकाले सहयोग गरेमा अभियानलाई तिब्रता दिने जयमाहाकाली संस्थाका अध्यक्ष राजकुमार खनालले बताउनु भयो। संस्थाले सन्धिखकका विभिन्न ठाउँमा चेतनामुलक सन्देश मुलक ब्यानरहरु ठाउँ – ठाउँमा राखेको छ ।

अन्य समाचारहरु