अर्घाखाँचीमा विप्लव नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिबालय सदस्य चौहानद्दारा पार्टी छोडेको घोषणा

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची । नेत्रविक्रम चन्द  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य तथा रास्ट्रिय युबा जनस्वयमसेबकका केन्द्रिय सदस्य योगेन्द्र चौहानले तिव्र असन्तुष्टी राख्दै पार्टी छोडेको घोषणा गरेका छन् । 
चौहानले आफु सम्पुर्ण पार्टीको जिम्मेवारीबाट मुक्त भएको बताए । उनले भने, मैले धेरै लामो समय देखि कम्युनिस्ट आन्दोलनमा सहभागी हुँदै आउँदा नेपाल कम्युनिस्ट पार्टीबाट धेरै आशा र विश्वासका साथ जनता र रास्ट्रको पक्षमा काम गर्नेमा पार्टीभित्र रहेका केही दलाल र क्रान्तिकारीहरु बिचको लडाइँमा पार्टीले सहि मुल्यांकन नगर्दा मैले राजिना दिएको हु । यो कुराको मुल्याकन ईतिहासले पुष्ठि गर्ला उनले भने । 
उता यसअघि नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्ज कमल के.सीले आफुहरुलाई राज्यले दमन गरी राखेमा प्रतिरोध स्वरुप बन्दुक उठाउन पनी सकिने बताएका थिए । 

अन्य समाचारहरु