टोपबहादुर रायमाझीलाई पितृ शोक

(पहिलो प्रकासित मिती: २०७४ फाल्गुन १६, बुधवार) 
नेपाल दलित मुक्ति मोर्चा सन्धिखर्कको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै आज बुधवार टोप बहादुर रायमाझी । 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पुर्व उपप्रधानमन्त्री एव बर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी माअाेबादी केन्द्रका प्रभाबशाली नेता टोपबहादुर रायमाझीलाई पितृ शोक परेको छ ।
रायमाझीका बाबु बिनबहादुर रायमाझीको ८१ बर्षको उमेरमा आफ्नै निवास सन्धिखर्क नगरपालिका ९ अर्घा (साविक अर्घा २ खाँडा) मा निधन भएको छ ।  रायमाझीका बुवाको बुधवार साँझ  अकस्मात हृदयघातबाट निधन भएको हो । 
स्व. बिनबहादुर रायमाझीका दुई छोरी छोरी मध्ये  दुई छोरा टोपबहादुर रायमाझी र राम बहादुर रायमाझी हुन् ।  उनिकी श्रीमती लिला रायमाझी हुन् । 
जिल्ला भ्रमणका क्रममा सन्धिखर्कमा रहेका टोपबहादुर रायमाझी निधनको खबर पाए लगतै  अर्घा पुगेका छन् । भने भोली बिहीवार बिहान सन्धिखर्क नगरपालिका २ स्थित रुब्दी घाटमा हिन्दु परम्परा अनुसार अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार गरिने भएको छ ।  
चार दिनपछि फागुन २० गते आइतबार हुने संघीय सांसदको सपथग्रहण लागि भने टोपबहादुर रायमाझी काठमाडौं जानेछन् । फागुन २० गते दिउँसो ४ बजे प्रतिनिधिसभाका सदस्यको र ५ बजे राष्ट्रियसभाका सदस्यको सपथ ग्रहण अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने छ ।
( प्रकासित मिती: २०७४ फाल्गुन १६, बुधवार) 

अन्य समाचारहरु