अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा माओवादी (केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा सन्धिखर्कको प्रथम नगर सम्मेलन गोविन्द सुनारलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।
यस्तै निर्वाचित समितीमा उपाध्यक्ष -राम बहादुर बि क सचीव -तारा बहादुर सुनार सहसचिव- अमृता परियार,धन बहादुर नेपाली,अनिल गन्धर्ब काेषाध्क्षय -शिला नेपाली लगायत सदस्यहरु रहेका छन् ।
उद्घाटन गर्दै ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रिय कार्यालय सदस्य तथा प्रतिनिधि सभाका सदस्य टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, पार्टी पाेलिटब्युराे सदस्य तथा सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बि क लगायत नेताहरुको उपस्थिती रहेको थियो ।