अर्घाखाँचीडट्कम संवाददाता
रुब्दी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पुर्व उपप्रधानमन्त्री एव बर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी माअाेबादी केन्द्रका प्रभाबशाली नेता टोपबहादुर रायमाझीका बाबुको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
रायमाझीका बाबु बिनबहादुर रायमाझीको आज बिहीवार बिहान सन्धिखर्क नगरपालिका २ स्थित रुब्दी घाटमा अन्तिम श्रद्धाञ्जली तथा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।
रायमाझीका बाबु बिनबहादुर रायमाझीको ८१ बर्षको उमेरमा आफ्नै निवास सन्धिखर्क नगरपालिका ९ अर्घा (साविक अर्घा २ खाँडा) मा हिजो साँझ ६:३० बजे अकस्मात हृदयघातबाट निधन भएको थियो । अन्तिम अन्त्येष्टिका बेला श्रद्धाञ्जली दिन जिल्लाका सबै राजनीतिक दलका नेता लगायत सयौको उपस्थिती रहेको थियो ।
स्व. बिन बहादुर रायमाझीका दुई छोरी छोरी र दुई छोरा टोपबहादुर रायमाझी र राम बहादुर रायमाझी हुन् । उनिकी श्रीमती लिला रायमाझी हुन् ।
बाबुको निधनले टोपबहादुर रायमाझीले आफुलाई समाल्न सकेनन्
आफ्ना बाबु बिनबहादुर रायमाझीको निधनको खबर पाए लगतै सन्धिखर्कबाट बुधवार साँझ अर्घाको खाँडा घर गएका टोपबहादुर रायमाझी रातभर एवम अन्तिम अन्त्येष्टिको समयसम्म आफुलाई समाल्न सकेका थिएनन् । उनका बाबुको निधनको पिडाले आँखाबाट आशु बगिरहेका देखिन्थे ।
देशको उपप्रधानमन्त्री सम्मको जिम्मेवारीमा रहँदा पनि उनी सन्धिखर्कका होटलमा नबसी आफ्नो घर खाँडामै बस्न जाने गर्थे ।
उता बुबाको समशान घाटमा दागबत्ती दिएपछि उनले आफ्ना पिताको विगतका बारेमा बताए । उनका अनुसार बुबाले भारतको पश्चिम बंगालमा कम्युनिस्ट शासन रहेको र बुबाले आफुले भारतमा रोजगार गर्न बाध्य भएपनि नेपाली जनताले नेपालमा रोजगार पाउनु पर्ने बिचार राखेका कारण पनि आत्मबिश्वासका साथ आफू राजनीतिमा लागेको हुँ, बुवाले ४० बर्ष सम्म पश्चिम बंगालका मुख्य मन्त्री ज्योती बशुको प्रत्यक्ष गतिविधि नजिकबाट नियाली राख्नु भएको र नेपालमा बस्न नपाएपनि झन्डै १ एकसय जना अर्घाबासी तथा अन्य नेपालीलाई रोजगार दिई भारतमा पनि हिन्दुस्थान क्लबमा प्रभुत्व जमाउनु भएको थियो। त्यस क्षेत्रमा हिन्दुस्थान क्लबको बिन बहादुर भनेपछि सबैले सम्मानित व्यवहार गर्ने गर्थे ।
बुबाले पारिबारिक कुराकानीमा राजनितीले नै देश र जनताको समृद्धि हुने प्रेरणा दिनुभएकोले नै पढदा पढदै राजनितीमा लागेको हुँ, सामान्य अबस्थामा घरमा रहेको बेला अकस्मात हृदयघात भैइ निधन भएकोले सार्है पीडा बोध भएको छ; उनले भने ।