अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिम स्थित दुर्गाफाटमा रोकी राखेको बसमा आगजनी भएको छ ।
ना ४ ख ६६१३ नम्बरको यात्रुबाहक बसमा व्याट्री सर्ट भएर बिहीवार बिहान ५:३० बजे आगजनी भएको स्थानियबासीले बताए ।
आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको छ । बसका सिटहरु सबै जलेका छन् । बसमा व्याट्री सर्ट भएर आगजनी भएको घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
तस्बिर: मनिष अधिकारी