डिभर्नाकाे जाेगीमारेमा कांग्रेसकाे अन्तरक्रिया तथा पाटी प्रबेश कार्यक्रम सम्पन्न, एमाले र माअाेवादी परित्याग गरि ३५ जना कांग्रेसमा प्रवेश ( फोटो फिचर)

कमला पोख्रेल

डिभर्ना, अर्घाखाँची  । (अर्घाखाँचीडट्कम) ।  नेपाली कांग्रेसकाे अन्तरक्रिया  तथा पाटी प्रबेश कार्यक्रम सन्धिखर्ककाे वाड नम्बर ११ डिभर्नाकाे जाेगीमारेमा सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले कांग्रेस प्रतिपक्षमा बसेर ससकत रुपमा सरकारलाई खबरदारी गर्ने बताउनु भएको छ । उहाले जिल्लाको विकासका लागि नेपाली कांग्रेसले प्रमुख भुमिका खेलेको बताउदै अागामि दिनमा विकासको काममा प्राथमिकता दिने बताउनु भयाे । 
सन्धिखर्क नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई देसकै नमुना बनाउने गरि काम भैरहेको बताउनु भयाे । कार्यक्रममा एमाले युवा नेता तथा जिल्ला खेलकुद विकास समितिका काेषाध्यक्ष लक्ष्मण अाचार्यकाे नेतृत्वमा एमाले र माअाेवादी परित्याग गरि ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।   
 नव प्रवेशीहरुलाई जिल्ला सभापति बिष्णु  मुस्कान र पुर्व पाटी सभापति कमल प्रसाद भुसालले पाटीकाे साधारण सदस्यता प्रदान गर्नु भएको थियोे । 
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव बिष्णु प्रसाद भुसाल , क्षेत्रीय सभापति केसवराज कुवर , पुर्व जिल्ला उपसभापति ईन्द्रबहादुर क्षेत्री , जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद खनाल , मणिराम परियार , सीता भुसाल , तरुण दलका जिल्ला अध्यक्ष तथा १२ नम्बर वडाको वडा अध्यक्ष नारायण खड्का , नेपाली कांग्रेस १२ का सभापति लिलाधर बस्याल , नेपाल  प्रेस युनियनका केन्द्रीय पार्षद प्रेमनारायण अाचार्य, पाटी प्रबेश गर्ने हरुकाे तर्फबाट लक्ष्मण अाचार्य,   ज्येष्ठ  सदस्य टेकबहादुर भुसाल , लगायतले मन्तब्य राखेका थिए ।   
कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क ११ का वडा सभापति खडानन्द अाचार्यकाे सभापतित्व, सचिव दामोदर अाचार्यकाे सञ्चालन र सचिव फर्सुराम कुवरकाे स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु