कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुरातन सोच, कार्यशैली र काम गर्ने तौरतरिकाहरु बदल्न आवश्यक रहेको बताएका छन् ।
वीरेन्द्रनगरमा सडक सुरक्षा कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेशमा शनिकबारदेखि प्रदेशका १० वटा जिल्लाका २१५ प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम पनि सन्चालन गरिएको छ ।
कर्णाली प्रदेशमा धेरै मानिसको मृत्यु सवारी दुर्घटनाका कारण हुने भएकाले यसको न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक रणबहादुर चन्दले बताए । इमेजखबरमा समाचार छ ।