प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २० फागुन । महिलाहरुलाई स्वरोजगारवाट आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालन गरिएको आधारभुत सौन्दर्यकर्मी (ब्युटिसीयन ) तालिम आज सम्पन्न भएको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन भएको १ सय ५० घण्टे सौन्दर्यकर्मी तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
पर निर्भर रहेका महिलालाइ आफ्नै ब्यबसायबाट स्वरोजगार बनाइ आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिमको अयोजना गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । उहाले सिकेको सिपलाइ ब्यबहारमा उतार्न सहभागीहरुलाइ आग्रह गर्नु भयो ।
नगरपालिकाले स्वरोजगार बाट आत्म निर्भर बनाउन बिभिन्न किसिमका तालिमहरु सञ्चालन गरेको र तालिममा सहभागीहरुले सिकेका कुराको प्रयोग गरि आत्म निर्भर बन्नु पर्ने नगरपालिकाका उपमेयर ठाकुर कुमार बिकले बताउनु भयो ।
तालिममा सिकेको ज्ञानलाइ प्रयोग गरेर ब्युटिसियन पेशा गर्ने तालिमका सहभागीहरुले बताएका थिए ।
सन्धिखर्क नगरपालिकाको कार्यलयको आयोजना र स्नेहा ब्युटी पार्लरको सहजीकरणमा सम्पन्न भएको तालिमको सहजीकरण स्नेहा ब्युटी पार्लरकी सञ्चालक मञ्जु केसीले गर्नु भएको थियो ।
कार्यक्रम स्नेहा ब्युटी पार्लरकी सञ्चालक मञ्जु केसीको अध्यक्षता र छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।