टोपबहादुर रायमाझी बुवाको निधनका कारण शपथ ग्रहणमा अनुपस्थित

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं  (अर्घाखाँचीडट्कम) । पुर्व उपप्रधानमन्त्री एव बर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी माअाेबादी केन्द्रका प्रभाबशाली नेता टोपबहादुर रायमाझीले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्यको  शपथ ग्रहणमा अनुपस्थित रहेका छन् । 
रायमाझी बुवा बिनबहादुर रायमाझीको निधनका कारणले अनुपस्थित रहेका हुन् । यस्तै प्रतिनिधिसभाका ४ जना सांसद आइतबारको शपथमा अनुपस्थित रहेका थिए । संसद सचिवालयका अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा शपथमा माओवादी केन्द्रका दुई र राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका दुई सांसद छन् ।
उता यस अगाडि रायमाझी आज शपथ ग्रहणका लागि जाने बताइएको थियो ।  
रायमाझीका बाबु बिनबहादुर रायमाझीको ८१ बर्षको उमेरमा आफ्नै निवास सन्धिखर्क नगरपालिका ९ अर्घा (साविक अर्घा २ खाँडा) मा हिजो साँझ ६:३० बजे अकस्मात हृदयघातबाट निधन भएको थियो ।  

अन्य समाचारहरु