जुकेना स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न, धुवाखोला जुवाकोट लिफ्ट खानेपानीको निर्माण कार्यको शुभारम्भ

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगायतको उपस्थिती रहेको थियो । 
शितागंगा नगरपालिका वार्ड नम्बर ५ का वार्ड अदक्ष्य कमल पौडेलको पहलमा कोरियन नागरिकले जुकेना स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेका थिए । 
धुवाखोला जुवाकोट लिफ्ट खानेपानीको निर्माण कार्यको शुभारम्भ
यस्तै शितागंगा नगरपालिका वार्ड नम्बर ७ को धुवाखोला जुवाकोट लिफ्ट खानेपानीको निर्माण कार्यको शुभारम्भ गरिएको छ । 
कार्यक्रममा शितागंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगायतको उपस्थिती रहेको थियो । 
 

अन्य समाचारहरु