अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगायतको उपस्थिती रहेको थियो ।
शितागंगा नगरपालिका वार्ड नम्बर ५ का वार्ड अदक्ष्य कमल पौडेलको पहलमा कोरियन नागरिकले जुकेना स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेका थिए ।
धुवाखोला जुवाकोट लिफ्ट खानेपानीको निर्माण कार्यको शुभारम्भ
यस्तै शितागंगा नगरपालिका वार्ड नम्बर ७ को धुवाखोला जुवाकोट लिफ्ट खानेपानीको निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
कार्यक्रममा शितागंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगायतको उपस्थिती रहेको थियो ।