सिद्धारामा श्री जनजागृति माध्यमिक विद्यालय सिद्धाराको ३३ औ वार्षिकउत्सव कार्यक्रम सम्पन्न

पहिलो प्रकासित मिती: २०७४ फाल्गुन २१, मंगलवार 

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका १० स्थित श्री जन जागृती माध्यमिक विद्यालय सिद्धाराको ३३ औं बार्षिक उत्सव समारोह मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुको विशेष उपस्थिती रहेको थियो ।
यस अवसरमा आयोजना भएको साँस्कृतिक कार्यक्रममा विद्यालयका छात्र-छात्राहरुले भाग लिएका थिए भने अभिभावकहरुको लागि तातो आलु खेल आयोजना भएको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष माधव पौडेलको रहेको थियो । त्यस्तै प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल, विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी, शितगंगा नगरपालिकाका प्रमुख सूर्य प्रसाद अधिकारी, जिशिअ लिल बहादुर रावत रहनु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य शिक्षक केशवराज बेल्बासेको रहेको थियो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष मोहन पन्थी, ९ का वडा अध्यक्ष भिम बहादुर केसी, १० का वडा अध्यक्ष हिम्मत पोख्रेल, ११ का वडा अध्यक्ष कपिल आले आदिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कृत, शिक्षक, सहयोगी दाताहरूलाई समेत सम्मान गरिएको थियो ।

अन्य समाचारहरु