अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पितृशोकमा रहेका माओवादी केन्द्रका नेता संघीय संसदका सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भेटन पुर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा (प्रभाकर) र प्रतिनिधि सभा सदस्य चक्रपाणी खनाल (बलदेव ) अर्घा खाँडा पुगेका छन् ।
यतिबेला सांसद रायमाझी बाबुको क्रियाकर्ममा रहेका छन् । शोकमा पर्नुका साथै पित्रृको क्रियाकर्म सम्पन्न नभएकै कारण उनी सांसदको रुपमा सपथ खान संसदभवनमा समेत उपस्थित हुन सकेनन् ।
बाबुको देहान्तका दिन सुन्यता नियाल्दै बलिन्द्रधारा आँशु बगाएका रायमाझीको घरमा सान्त्वना दिन आउने शुभचिन्तकको भीड लागिरहेको छ ।
रायमाझीका बाबु बिनबहादुर रायमाझीको ८१ बर्षको उमेरमा आफ्नै निवास सन्धिखर्क नगरपालिका ९ अर्घा (साविक अर्घा २ खाँडा) मा गत फाल्गुन १६ गते बुधवार अकस्मात हृदयघातबाट निधन भएको थियो ।
सन्धिखर्कमा प्रभाकरसँग पत्रकार सम्मेलन
उता प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा पुर्व गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले एक हप्ताभित्र सरकारले पुर्णता पाउँने बताएका छन । प्रभाकारले केपी ओली नेतृत्वको सरकार मधेशवादी दललाई समेत समेटेर शक्तीशाली दुईतिहाई बहुमतको सरकार बनाई देशलाई समृद्ध बनाउँने अभियानमा लागेको बताए ।
मधेशवादी दलको माग अनुसार जनताको आवश्यकता हेरेर संविधान संशोधन हुने बताए । मधेशवादी दलसँगको निरन्तर छलफलबाट सहमतीको अवस्थामा पुगीसकेकोले क्षेत्र हेरेर संशोधन गरिने बताए । प्रतिपक्षले पनी संशोधनमा साथ दिने भएकाले प्रतिपक्षलाई समेत समेटेर अगाडी बढ्ने बताए ।
यस्तै कपिलवस्तु प्रतिनिधी सभाका सासंद बलदेव खनालले पाचँ नम्बर प्रदेशको स्थायी राजधानी कपिलवस्तुमै हुनुपर्ने बताए । उनले बुटबल औद्योगीकीकरणमा विस्तार भईसकेकोले नयाँ ठाउँमा राजधानि बनाएमा सहर पनी बन्ने भएकाले कपिलबस्तुको तिलौराकोटमा नै ठिक हुने बताए ।
ऐतिहासिक अर्घा भगवती मन्दिरकाे अवलोकन