कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा मिलापत्र गराउने प्रहरी निलम्बन, तीन आरोपीमाथि कारवाही


गत बिहीबार कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियामा बोक्सीको आरोपमा एक युवतीमाथि भएको ज्यादतीमा मिलापत्र गराउने प्रहरीलाई निलम्बन गरिएको छ ।
निलम्बनमा पर्नेमा सुखडस्थित ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्ट रहेका छन् ।
विष्टलाई ७ नम्बर प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले जानकारी दिए ।
कुटपिट गर्ने रामबहादुर चौधरी र किस्मती चौधरीबिरुद्ध आइतबार मुद्दा दर्ता गरिएको छ भने थप एक जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार सोही घटनामा आरोपित २० वर्षीया स्मारिका चौधरी पक्राउ परेकी हुन् ।
यसअघि प्रहरीले रामबहादुर चौधरी र किम्मती चौधरीलाई पक्राउ गरेको थियो । इमेजखबरमा समाचार छ ।