युएस बंगलादेश एअरलाइन्स दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुचारु
फाल्गुन २८ गते, २०७४ मा प्रकाशित
युएस बंगलादेश एअरलाइन्स दुर्घटनाका कारण सोमबार बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
सोमबार दिउँसो १४.१८ बजेदेखि बन्द भएको विमानस्थल अपराह्न १६.५० देखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए ।
काठमाडौंमा अवतरणका तयारीमा रहेका विमानलाई लखनऊ र ढाकातर्फ पठाइएको थियो ।
ढाकाबाट काठमाडौं आउँदै आएको बीएस २११ ‘कलसाइन’ भएको उक्त विमानमा चालकदलका चार सदस्यसहित ६७ यात्री सवार थिए ।
प्रधानमन्त्री अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामंगल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रीको अवस्थाकाबारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनैपनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । रासस