अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर-२ पोखराथोक गा. वि. स ,४ निवासी मेघबहादुर बि.क को नातनी छत्र बहादुर बि.क को छोरी बर्ष १३ कि रुमा बि.क.(सुनार )को ब्लड क्यान्सर उपचारका लागि मितज्यु सामाजिक बिकास केन्द्रले चितवनको वि.पी .मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुगी उहाँको उपचार स्वरूप समाज सेवी तथा मोडल यूवराज थापा र समाजसेवी योगेन्द्र चौहानको हात बाट रु -२०००१(बिस हजार एक रुपियाँ)हस्तान्तरण गरेको छ ।
क्यान्सर पिडित रुमा बि .क बिगत २-३ महिना देखि आर्थिक अभावको कमजोरीले गर्दा चितवनको वि.पी .मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दिनप्रतिदिन मृत्यु संग लडिरहेकि छिन ।
क्यान्सर पिडित रुमा बि .क आर्थिक अभावको कारण चितवनको वि.पी .मेमोरियल क्यान्सर अस्पताल भरतपुरको शैयामा थला परेको थाहा पाए पछि अर्घाखाँची जिल्लामा मात्र नभइ नेपालका बिभिन्न जिल्लाहरुका दुखित, पिडित असाय ,र सामाजीक विकास क्षेत्रमामा महत्वपूर्ण टेवा पुराउदै आएको मितज्यु सामाजिक विकास केन्द्रले अर्घाखाँची देखि चितवन वि.पी .मेमोरियल क्यान्सर अस्पतालमा पुगी उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

मित ज्यु सामाजिक विकास केन्द्रका संस्थापक समाजसेवी यूवराज थापा र विजय नयनको पहलमा उक्त रकम संकलन गरिएको थियो
साथमा मितज्यु सामाजीक विकास केन्द्रले बिभिन्न संघ सस्था र सहयोगी मनका धनि ब्याक्तित्व हरुलाइ क्यान्सर पिडित रुमा बि .कको उपचारको लागि आफु सक्दो आर्थिक सहयोग गर्न अपिल गरेको छ ।



