ठुलापाेखरामा मालिका धार्मिक महाेत्सव शुरु

सुर्य प्रसाद भुसाल 
ठुलापाेखरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिका स्थित ठुलापाेखरामा मालिका धार्मिक महाेत्सव शुरु भएकाे छ । 
नेपालकाे इतिहासमा प्रथम पटक वृन्दावनकै अाकारमा श्री गाेवद्वन प्रवर्द्धन गर्ने र द्वादश ज्याेतिष लिङ्ग निर्माण गरि मालिका मन्दिर परिसरलाई धार्मिक पर्यटन क्षेत्रकाे रूपमा विकास गरि विश्व भरि चिनाउँने उदेश्यका साथ अायाेजित मालिका धार्मिक महाेत्सवकाे पुर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझीले गर्नुभयाे ।
 
महाेत्सवकाे उदघाटन गर्दै रायमाझीले धर्म, कर्म संस्कृतिकाे रक्षा र विकास गर्ने उदेश्यले गरिएकाे महाेत्सवले विकास निर्माणकाे लागि जागरण पर्व भएकाे अाैल्याउनुभयाे । 
उहाँले धार्मिक महाेत्सवले जिल्ला सहित देशभरकाे विकासका लागि महत्त्वपूर्ण याेग्दान पुर्याउँने बताउँदै महाेत्सवहरू भईरहनुपर्छ सहयाेगका लागि तयार छु । 
अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका सांसद समेत रहेका रायमाझीले अब जिल्लालाई समृद्ध बनाउँन ईमानदारीता, ईच्छाशक्ती, अनुशासित भएमा मात्रै समृद्ध बनाउँन सकिने बताउनुभयाे ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले महाेत्सवले लिएकाे लक्ष्य पूरा गर्नका लागि सहयाेग गर्ने बताउँनुभयाे । उहाँले महाेत्सवलाई सम्पन्न गर्नका लागि गाउँपालिकाले सहयाेग गर्ने बताउँदै गाउँपालिका भरि धार्मिक पर्यटकीय क्षेत्र बनाउँन लागीपर्ने बताउँनुभयाे ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले धार्मिक महाेत्सवले समृद्धीका खुड्किलामा अगाडि बढन काेसेढुंगा सावित हुने उल्लेख गर्नुभयाे । 
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लाेकनाथ पाैडेलले मालिकाकाे विकासका लागि २ लाख ६६ हजार ६ सय ६ दान गरेकाे प्रतिबद्धता जनाउनुभयाे । 
महाेत्सवकाे उदघाटन सत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एकनारायण काेईराला, गाउँपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्त, कांग्रेसका जिल्ला सचिव  विष्णु भुसाल, पत्रकार घनश्याम पाैडेल, समाजसेवी तथा दानदाताहरू गणेशप्रसाद भट्टराई, ज्ञानप्रकाश पाैडेल, नेत्रप्रसाद पाण्डे, शाेभाखर बन्जाडे, दुर्गा पाैडेल लगाएतले महाेत्सव सफलताकाे शुभकामना व्यक्त गरे । 
धार्मिक महाेत्सव मुल संरक्षण समितिका संयाेजक भाेला पाैडेलकाे अध्यक्षता, वडा अध्यक्ष तथा महाेत्सव संरक्षण समितिका संयाेजक कमल पाैडेलकाे स्वागत र पिताम्बर खनालकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

अन्य समाचारहरु