सन्धिखर्कमा बृहद युवा भेला हुने


शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची चैत्र ४ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सोमबार बृहद युवाभेला हुने भएको छ । 
जिल्ला युवासमितिको कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको आयोजनामा हुनलागेको भेलामा सकारात्मक सोंचको बिकास, आत्मनिर्भरता, उच्चशिक्षाको संभावना र अबसरका बिषयमा युवाहरु लाई परामर्स प्रदान गर्ने कार्यक्रम रहेको छ ।
 किसोरा अबस्थाका बिद्यार्थीहरु लाई दुव्र्यसनी र कुलतमा फस्नबाट जोगाई सकारात्मक सोंचको बिकास गराउने उद्देश्यले आयोजित कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्रका क्याम्पस तथा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत करीब ५ सय बिद्यार्थीको उपस्थित रहने कार्यक्रम रहेको छ । 
पछिल्ला बर्षहरुमा सदरमुकाम सन्धिखर्क लगायतका आसपासमा युवाहरु कुलतमा फस्दै गएको भनि व्यापक जनगुनासो आएपछि युवापरषिद्ले युवाहरुलाई प्रशिक्षित गर्नथालेको हो । जिल्ला युवापरीषद्का अध्यक्ष लिलबहादुर बि.क.ले युवाहरुमा सकारात्मक सोंचको बिकास गराई श्रृजन सिल,अध्ययनसिल,लगनसिल,इमान्दार र मेहनती बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरीएको बताए ।
 परामर्स कार्यक्रममा राष्ट्रिय युवापरिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेल,राष्ट्रिय युवापरिषद्का सदस्य तथा बिज्ञान प्रबिधि बिज्ञ एवं त्रि.बि.बि.का उपप्रध्यापक खिम पन्थी,मनोक्रान्ती अभियान नेपालका बरिष्ठ प्रक्षिक योगि नबराज छम लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

अन्य समाचारहरु