समाजसेवी प्रकाश पाहिमको पहलमा क्यान्सरबाट मृत्यु भएका ललितको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण

दमक| क्यान्सर रोगबाट पीडित भई निधन भएका कमल गाउँपालिका ४ झापाका ललित तामाङको परिवारलाई इजरायलबाट पठाइएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

इजरायलबाट  पथरीशनिश्चरे निवासी प्रकाश पाहिम लिम्बूले आफु र साथीभाईबाट संकलन गरेर पठाएको नगद ८७ हजार ५ रुपैंया आईतवार पत्रकार तेजन खड्काले घरमै लगेर ललितकी श्रीमती गोमालाई हस्तान्तरण गरेका हुन् ।

बिभिन्न सञ्चारमाध्यमा  तामाङ क्यान्सर रोगबाट पीडित भई उपचारमा समस्या भएको समाचार आएपछि प्रकाशले आर्थिक सहयोग संकलन गर्नुभएको थियो ।

तामाङको निधन भएको खबरले दुख लागेको बताउदैं प्रकाशले  परिवारको दहनिय अवस्थामा लालावालाको पठनमा सहयोग स्वरुप सहयोग रकम पठाएको अनलाईन कुराकानीमा बताउनुभएको छ । उहाले सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गर्नु भएको छ । >

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार खड्काले विदेशबाट रकम हस्तान्तरण गर्ने जिम्मेवारी आफुलाई दिएको र हस्तान्तरण गरेको बताउनुभयो ।

विदेशमा श्रम गरि मेहनत पसिना बगाएर कमाएको केहि रकम प्रकाश दाई लगायत उहाँको साथीभाईले सहयोग गर्नुभएको हो,खड्काले भन्नुभयो, वालबच्चाको पठनपाठन लगायत परिवारको समस्यामा खर्च गर्नुहोला ।>

सहयोग अभियानमा सक्रिय रुपमा लाग्नुभएकी लक्ष्मी तामाङ अन्जुले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो । उहाँले सहयोगी दाताहरुमा धन्यवाद दिनुभयो । ललितदाईलाई बचाउन अथक प्रयास गर्दा पनि मृत्युसँग संघर्ष हामीले जित्न सकेनौ, लक्ष्मीले भन्नुभयो, निधन पछि पनि बालबच्चाको भविष्य र परिवारको दहनिय अवस्था सम्झेर सहयोग गरिदिनुभएकोमा तामाङ परिवारबाट सहयोगीदातामा धन्यवाद ज्ञापन गर्दछौ ।

लक्ष्मीका अनुसार स्वर्गिय ललितका ५ जना छोराछोरी छन् । श्रीमती पनि अपाङ्गता हुनुहुन्छ । उहाँहरुको सानो छाप्रोमा बस्ने चुईने र पुरानो भईसकेको छ । छोराछोरीका लागि विद्यालयमा छुट गराएर पठाउने ब्यवस्थाको लागि आफु लागिरहेको बताउनुभयो । जति पनि सहयोग रकम आएको छ बैंकमा खाता खोलि राखिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार हरि कोईराला,गोपाल काफ्ले लगायत छरछिमेकहरुको उपस्थिती रहेको थियो । प्रकाश पाहिम को अगुवाईमा सहयोग गर्नु हुने सहयोगीदाताको नामवली

2 सरिन ख्युङ्वा = 150

3 रेनु मोक्तान =101

4 खेमराज राई =101

5 बिष्णु अधिकारी =101

6 नरिता घताने =101

7 सरला पाहीम =105

8 अवी आङ्देम्बे =105

9 गिरिस =50

10 सागर तुम्बापो =50

11 राजु ढकाल =150

12 मञ्जु खड्का = 175

13 सन्तोष लिबाङ =55

14 सुभाष कुवर =51

15 रानु सुवेदी =101

16 नोरिन लिम्बु =151

17 प्रबिन तामाङ =151

18 शम्भु दाहाल =101

19 कुसाङ गुरूङ =100

20 राज छातकुली = 50

21 युवराज थापा =101

22 माला खनाल =101

23 गीता तुम्बाहाम्फे =101

24 बिशन लिम्बु। =100

25 सिता थापा =100 2

6 जयन्द्र अधिकारी =100

27 भभ्ली भट्टराई =60

28 संगीता आचार्य =200

29 प्रकाश पाहिम = 15