पूर्वमा ठप्प रहेको इन्धन ढुवानी सहमति भएपछि सुरु


डिपोबाट पम्पसम्म ढुवानी गर्दा परिमाणमा तलमाथि भए व्यवसायीले नै जिम्मा लिने सहमति भएपछि पूर्वमा ठप्प रहेको इन्धन ढुवानी सुरु भएको छ ।
झापाको चारआलीमा सोमबार ट्यांकर मजदुर, पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल आयल निगमका प्रतिनिधिबीच सहमति भएपछि ढुवानी सुरु भएको हो ।
भारतको सिलिगुडीबाट ताल्चा लगाएर इन्धन ल्याउने विषयमा ट्यांकर चालक र निगमबीच विवाद हुँदा विगत केही दिनदेखि पूर्वमा इन्धन ढुवानी हुन सकेको थिएन । इमेजखबरमा समाचार छ ।