धारापानी रुपन्देही सम्पर्क मञ्चद्दारा शिद्धेश्वर शिवालय चुत्राबेशीमा अनाथ असहायहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । धारापानी रुपन्देही सम्पर्क मञ्चको आयोजनामा सन्धिखर्क स्थित जिल्लाको प्रशिद्ध धार्मीक स्थल श्री शिद्धेश्वर शिवालय तथा आनन्द वृद्धाआश्र्रम सन्धिखर्क २ भक्तिटोलमा अनाथ तथा असहायहरुको लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
सामाग्री हस्तान्तरणमा भुमिकास्थान नगरपालीकाका प्रमुख रेशम थापाले अनाथ तथा बृद्धाबृद्धहरुलाई यसरी सहयोग गर्नु सरानीय काम भएको भन्दै आगामी दिनहरुमा भुमिकास्थान नगरपालीकाबाट पनी यसप्रकारको कामलाई सहयोग गर्ने बताए ।
मन्चका अध्यक्ष प्रेम बन्जाडेको अध्यक्षता, बरीष्ठ उपाध्यक्ष टान बहादुर खत्रीको स्वागत मनतब्य र मन्चका महासचिब डिआर बन्जाडेको सन्चालनमा सम्पन्न कार्यक्रममा आश्र्रम संन्चालक समितिका अध्यक्ष नारायण खनाल, पत्रकार महासंघका कोषाध्यक्ष बिनोद गैरे, सन्धिखर्क नगरका श्रोतव्यक्ती युबराज भुसाल, उद्योग बाणीज्य संघ कपिलबस्तुका निबर्तमान उपाध्यक्ष माधब भाट क्षेत्री लगायतले मनतब्य राख्दै मन्चको खुलेरै प्रसंशा गरे ।
देउसीभैलो खेली जम्मा गरीएको रमक बाट आश्रमलाई विभिन्न खाद्य सामाग्रीहरु हस्तान्तरण गरीएको मन्चका अध्यक्ष प्रेम बन्जाडेले जानकारी दिए ।

अन्य समाचारहरु