अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. २ घोचाखोलामा रहेको यमुना फर्निचर उद्योगमा अबैध रुपमा काठहरु लिई राखेको आरोपमा एक जना प्रकाउ परेका छन् ।
प्रकाउ पर्नेमा सन्धिखर्क नगरपालिका २ का यम बहादुर मुखिया रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गोप्य सुचनाको आधारमा प्रहरी टोली र जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारीहरु उक्त फर्निचर उद्योगमा काठ चेकजाँच गर्दा अबैध रुपमा राखेको सल्लाको गोलिया ५ थान (३०.५५ क्यु।फिट) र सालको चिरान काठ (२९.५५ क्यु।फिट) बरामद गरिएको थियो । साथै प्रहरीले उक्त फर्निचर उद्योग सिल गरेको छ ।
साथै प्रकाउ पर्ने मुखियालाई आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालयको जिम्मा लगाईएको प्रहरीले बताएको छ ।