शितगंगाको लाहापेमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
लाहापे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्वर ८ लाई लक्षित गरि लाहापेमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख सूर्य प्रसाद अधिकारीले यहाँ रहेका प्राकृर्तिक सम्पदाहरु जोगाउन र सही सदुपयोग गराउन सकेमा मुलुककैई सम्बृद्ध वडा वनाउन सकिने बताउदै स्थानियलाई सहयोग गर्न अपिल गर्नु भएको थियो ।
यसैगरि, वडा नम्वर ८ का वडा अध्यक्ष रुक वहादुर आलेले आफु नष्ट हुन तयार रहेको तर भ्रष्ट नहुने भन्दै सबैजना मिलेर विकास निर्माणमा जुटन आग्रह सहित सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो । 
कार्यक्रममा स्थानिय नेता तथा प्रतिनिधीहरुले आफना समस्या खुलेर वडा अध्यक्ष तथा नगरप्रमुख समक्ष राखेका थिए । सूचनाको हक सम्वन्धमा यस संस्थाका अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले गहिराईमा जानकारी गराउनु भएको थियो । स्थानिय गिता केशिको सन्चालन र जस वहादुर रोकाको स्वागत मनत्व्य रहेको सो कार्यक्रममा २५० भन्दा बढीको सहभागिता रहेको थियो ।     

अन्य समाचारहरु