अर्घाखाँचीडट्कम संवाददाता
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउॅपालिका वार्ड नम्बर ५ मैदान स्थित उपल्ला अमजामा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेका छन् ।
उपल्ला अमजामा रहेको एनसेलकाे टावरमा बिहीवार बेलुका करिव ७ बजे आगलागी भएको हो । आगलागीबाट एनसेलको उपकरणमा क्षति पुगेको स्थानियबासीले बताए । उपकरणमा पेट्रोल छर्केर आगो लगाएका देखिएको छ । प्रहरी साँझ अबेरासम्म खबर गरेता पनि सो स्थानमा पुगेको छैन् ।
टावरका पाले नभएको मौका पारी आगजनी भएको स्थानियबासीले बताए । साथै आगजनी कसले गराएको भन्ने खुल्न सकेको छैन् ।
साथै यसअघि गत फाल्गुन १ गते मंगलवार विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ता एनसेलले राज्यलाई कर नबुझाएको भन्दै देशव्यापी रुपमा हमला गर्ने नीतिअनुरुप भन्दै अर्घामा रहेको एनसेलको टावरमा आगजनी गराएका थिए ।
सम्बन्धित समाचार