सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा हुरी बतास सहित वर्षा भएको छ । सन्धिखर्क लगायत जिल्लाभर शुक्रबार अपरान्ह हुरी बतासले दिउसै अँध्यारो र धुलोले ढाकेको थियो ।
पश्चिमी वायुको प्रभावले जिल्लामा हुरी बतासका साथै मेघगर्जन सहित मध्यम खालको वर्षा भएको हो । हुरी बतासका कारणले जिल्लाका कैयौ गाउँमा घरका छाना उडाएका बताइएको छ ।
हावा हुरीबाट कुनै अप्रिय घटना भएको भने छैन ।
आज अर्घाखाँची जिल्लाको अनुमानित अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनीमा मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्न पछि बदली र वर्षा गराउने सम्भावना हुन्छ ।