अर्घाखाँचीडट्कम संवाददाता
नयाँबस्ती, अर्घाखाँची । सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम गत विहिवार अर्घाखाँचीको शितगंगा ९ नयाँबस्तीमा सम्पन्न भएको छ ।
शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख सूर्य प्रसाद अधिकारीले नगरपालिकावाट भएगरेका कामहरु नगरवासीहरुले थाहा पाउँदै आफु यो मुलुकको मालिक भएको महशुष गरुन भन्ने उद्धेश्यका साथ यो अभियान सन्चालन गरिएको बताउनु भएको थियो ।
कार्यक्रमका सभापति तथा वडा अध्यक्ष भिम वहादुर केशिले आफु सबै वडावासीहरुको अध्यक्ष भएको कारण विकास निर्माणमा सबैजना एकजुट भएर अगाडी बढन सहभागीहरुलाई आग्रह गर्दै सिआईजी संस्थाको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय बुद्धिजीवी तथा सहभागीहरुले आफना समस्या खुलेर वडा अध्यक्ष तथा नगरप्रमुख समक्ष राखेका थिए ।
सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले गहिराईमा जानकारी गराउनु भएको सो कार्यक्रम पूर्ण वहादुर केशिको सन्चालन र दिल कुमार घर्तिको स्वागत मनत्व्य रहेको थियो ।