जुकेनाको देउराली र गल्दामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची  । सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम हिजो विहान अर्घाखाँचीको शितगंगा ६ जुकेनाको देउरालीमा र अपरान्ह वडा नम्वर ५ गल्दामा सम्पन्न भएको छ । 
शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा दुवै कार्यक्रमहरु सम्पन्न भएका हुन । कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख सूर्य प्रसाद अधिकारीले नगरपालिकाको समुन्नत विकासका लागि आरोप प्रत्यारोप नगरि सबैजना एकजुट भएर प्राप्त साधनस्रोतको सही उपयोग गर्नु पर्ने बताउनु भएको थियो । 
जुकेनाको देउरालीमा वडा अध्यक्ष रिषी वहादुर रेश्मी र गल्दाको कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलको सभापतित्व  तथा वडा सचिव राम प्रसाद पौडेलको सन्चालन रहेको थियो । 
कार्यक्रममा स्थानिय समाजसेवी मणिराम अधिकारी, तिलक भाट, तारा प्रसाद अधिकारी, ठगिश्वर भुसाल लगायतका व्यक्तिहरुले मनत्बय राख्नु भएको सो कार्यक्रमलाई सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सहजीकरण गर्नु भएको थियो ।

अन्य समाचारहरु