अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची । सार्वजनिक निकाय नागरिक निकाय भएको कारण नागरिकले मागेका सूचनाहरु उपलब्ध नगराउने सार्वजनिक निकायलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भएको छ ।
सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै वहाँले यस्तो बताउनु भएको हो ।
मालारानी गाउँपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आव बाँगीमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी रहनु भएका प्रजिअ भुसालले भ्रष्टाचारलाई न्यूनिकरण गर्नका लागि नागरिकको महत्वपूर्ण भुमिका हुने कारण सूचना लिन र दिनमा सबैजना हौसिनु आग्रह गर्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथी शान्ति माविका प्रअ मान वहादुर पान्डेले आजै देखि आफुले सूचना अधिकारी तोक्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथी तथा प्रमुख प्रशासकिय अधिकृत जनक राज पन्थीले मालारानी भित्र कसैले सूचना नपाएमा वा अनियमित्ता भएको महशुष भएमा आफुलाई लिखित वा गोप्य जानकारी गराउन आग्रह गर्दै कानुन भन्दा माथी कोही पनि नभएको बताउनु भएको थियो ।
कार्यक्रमका सभापती तथा वडा अध्यक्ष शोभाकर भुसालले आफनो भनाईका क्रममा आयोजक संस्थालाई धन्यवाद दिदै आफु ५ बर्षका लागि वडावासीहरुको सेवक भएको कारण आफुलाई सतमार्गमा डोरयाउन र कजाउन सहभागिहरुलाई आव्हान गनु भएको थियो । कुशल सन्चालक तथा वडा सचिव कमल प्रसाद पोख्रेलको सन्चालन र डाल वहादुर चौहानको स्वागत मनत्व्य रहेको सो कार्यक्रममा नेकपा एमालेका हुम वहादुर महत, नेपाली कांग्रेसका मणिराम खनाल र राजमोका विर वहादुर कुँवर लगायतका ब्यक्तिहरुले शुभकामना दिनु भएको थियो ।
कार्यक्रमलाई सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले सहजिकरण गर्नु भएको थियो र वडा कार्यालय, शान्ति मावि तथा सहभागी सार्वजनिक निकाय अनी केहि स्थानियलाई आयोजक संस्थाले प्रमुख अतिथीको हातवाट मायाको चिनो उपलव्ध गराएको थियो ।