
पृथ्वी राजमार्गअन्तर्गत् धादिङको गजुरी गाउँपालिका-१, गलौदीस्थित पेट्रोलपम्पबाट प्रहरीले आइतबार चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्रकचालक भारत, उत्तर प्रदेश, मैनपुरीका २५ वर्षीय शशीकान्त रहेका छन् ।
काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय ट्रकमा लुकाइ-छिपाइ लैजान लागिएको चरेस बरामद गरिएको हो ।
विशेष सुराकीको आधारमा चेकजाँच गर्नेक्रममा सातओटा प्लास्टिकको बोरामा १६० किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । इमेजखबरमा समाचार छ ।