ओलीको भारत भ्रमणबाट मुलुकले कुनै उपलब्धि हासिल गर्न नसकेको प्रमुख प्रतिपक्ष कांग्रेसको ठहर

Image result for कांग्रेस nepal
प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबाट मुलुकले कुनै उपलब्धि हासिल गर्न नसकेको बताएको छ । भारतसँगको बिग्रेको सम्बन्ध यस अघिका सरकारकै पालादेखि सुधार आएको बताउँदै कांग्रेसले ओलीको अहिलेको भारत भ्रमण उनको आफ्नो सम्बन्ध सुधारमा मात्रै केन्द्रित रहेको बताएको हो ।
‘भारतीय नाकाबन्दीपछि चिसिएको दुई देशबीचको सम्वन्ध पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वको सरकारबाट सुधार आएको हो’ पत्रकार सम्मेलनमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशशरण महतले भने,‘देश–देशबीचको सम्बन्धमा पहिल्यै सुधार भएको हो। ओलीजीको व्यक्तिगत सम्बन्धमा सुधार भएको होला।’
कांग्रेसले सत्तामा छँदा र विपक्षीमा रहँदा एमालेको राष्ट्रवादमा पनि आमुल परिवर्तन भएको भन्दै भारतको कटु आलोचना गर्दै आएका ओलीले सत्तामा पुग्नसाथ राष्ट्रवादको नयाँ परिभाषा गर्न थालेको बताएका छन्। ‘कांग्रेसको छिमेकीसँगको सम्बन्धमा सत्ता र प्रतिपक्षमा छँदा एउटै नीति र दृष्टिकोण हुन्छ’ महतले थपे,‘तर एमाले र उक्त पार्टीको अध्यक्षमा त्यस्तो देखिएन। प्रतिपक्षमा छँदा चर्को भारतविरोधी भएर आफूलाई राष्ट्रवाद ठान्ने तर सत्तामा पुग्नसाथ यु–र्टन हुने प्रवृत्ति छ।’ कान्तिपुरमा समाचार छ ।