बाराको कलैयामा उखुको तातो रस बग्ने ट्यांकी फुट्दा एकजनाको मृत्यु, दर्जन घाइते


बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-२४, श्रीपुरस्थित रिलाइन्स सुगरमिलमा उखुको तातो रस बग्ने ट्यांकी फुट्दा तातो रस जीउमा खसेर एकजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
मंगलबार बिहान सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय राम स्नेहीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
गम्भीर घाइते स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिए ।
घाइतेमध्ये रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।
घाइतेलाई कलैयामा उपचार हुन नसकी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मिल सुरक्षाकर्मीले घेरा हाली थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । रासस