
धनकुटा नगरपालिकाले नगरक्षेत्रभित्रका बसपार्क स्तरोन्नतिको काम शुरु गरेको छ ।
एक करोड ५० लाख रुपैयाँमा धनकुटा बजार र हिले बजारको गरी दुईवटा बसपार्क स्तरोन्नति गर्न लागिएको हो ।
धनकुटा बजारको बसपार्क स्तरोन्नतिमा एक करोड र हिले बजारको बसपार्कमा ५० लाख रुपैयाँ खर्च गरिने धनकुटा नगरपालिकाका प्रवक्ता जमशेर राईले जानकारी दिए ।
धनकुटा बसपार्कको ढलान र ब्यापारिक भवन मर्मत गरिने छ । हिले बसपार्कमा भने ढलान तथा नाली निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
धनकुटा र हिले बसपार्क हुँदै दैनिक दुई सयभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्दछन् । इमेजखबरमा समाचार छ ।