सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि आन्दोलित बनेका यातायात व्यवसायीले वार्ताबाटै समस्या समाधान गर्ने पक्षमा


 सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि आन्दोलित बनेका यातायात व्यवसायीले वार्ताबाटै समस्या समाधान गर्ने पक्षमा आफूहरु रहेको जनाएका छन् ।
व्यवसायी संगठनहरुले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा समाधान नभए आन्दोलन गर्नुको विकल्प नभएको उनीहरुले बताए ।
यातायात क्षेत्रमा देखिएको समस्याको समाधान वार्ताबाट नखोजिए आन्दोलनमा जाने चेतावनी उनीहरुको छ ।
यातायात व्यवसायीले १३ बुँदे मागलाई सुझाबका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरे ।
यातायात व्यवसायभित्र भएका नराम्रा पक्ष सुधार्न आफूहरु तयार रहेको उनीहरुको भनाइ छ ।
उनीहरुले आफूहरु पनि सिन्डिकेटका पक्षमा नरहेको भन्दै लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको हित संरक्षणका लागि सरकारको सहयोग चाहिने बताए ।
असार मसान्तभित्रै नवीकरणको व्यवस्था मिलाइदिन उनीहरुले सरकारसाग आग्रह गरे । व्यवसायीले यातायात प्राधीकरण गठन गरी त्यसैमार्फत् दर्ता प्रक्रिया थालिनुपर्ने सुझाव दिएका छन् ।
समस्या समाधानका लागि सर्वपक्षीय आयोग गठन गर्नुपर्ने भन्दै उनीहरुले सडक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरे । इमेजखबरमा समाचार छ ।