अर्घाखाँचीका बिन्दु परियार र सुदिप सागरलाई सर्वाेत्कृष्ट राप्ती म्युजिक अवार्ड
बैशाख २१ गते, २०७५ मा प्रकाशित
नारायण पाैडेल
काठमाडाै । अर्घाखाँची जिल्लामा जन्मिएर लामाे समयदेखि गितसंगितमा लागेका सुदिप सागरले केहि दिन अगाडि काठमाडाैमा भएकाे राप्तीराष्ट्रिय म्युजिक अवार्डमा संगीत संयाेजक (चलचित्र, अाधनिक, पप) विधामा सर्वाेत्कृष्ट भइ अवार्ड चुमेका छन ।
त्यसै गरी पछिल्लाे समय निकै ख्याति कमाएकी सुरिलाे स्वरकी धनी विन्दु परियारले पनि सर्बाेत्कृट चलचित्र गायिका काे अर्वाड चुम्न सफल भएकी हुन । पछिल्लाे समय चलचित्र मङगलममा उनले गाएकाे गित पर्ख पर्ख मायालु म पनि त अाउँला , रेलकाे झ्याल समाएर सँगै भागाैला निकै पटक हेरिएकाे र सुनिएकाे गित हाे ।
अर्घाखाँची कलाकार समाजकाे सदस्य रहेका सुदिप सागर पछिल्लाे समय निकै चलेका संगीत संयाेजकका रूपमा चिनिन्छन । अाफुले धेरै मिहिनेत गरेर बनाएकाे अाफ्नाे प्राेफाइलबाट अाफु निकै सन्तुष्ट भएकाे र यसैकाे उपज स्वरूप सर्बाेत्कृष्ट संगित संयाेजककाे अवार्ड चुम्न सफल भएकाे सुदिप सागरले छत्रदेवन्युजलाइ बताएका छन ।
त्यस्तै विन्दु परियार पछिल्लाे समय निकै व्यस्त र रूचाइएकी गायिका हुन। उनले पनी सर्बाेत्कृष्ट गायिकाकाे अर्वाड चुम्न पाउदा अाफुलाइ निकै खुशि लागेकाे र अागामी दिनमा गित संगितकाे क्षेत्रमा थप उर्जाका साथ लाग्न प्रेरणा मिलेकाे प्रतिक्रियाा दिएकी छिन ।
स्मरण रहाेस सुदिप सागर र विन्दु परियार श्रीमान श्रीमति हुन।