बसन्त खड्का
गच्छेखोला बजार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाले सन्धिखर्क ७ खाचिकोटमा वार्ड स्तरिय छायां सरकारको गठन गरेको छ ।
कागज र कानुनी ब्यबस्था परिवर्तन भएपनि मुलुकमा झुट र लुटको खेती मौलाउंदै गएको भन्दै राष्ट्रिय जनमोर्चाले आज खाचिकोटमा अयोजना गरेको प्रशिक्षण भेलाबाट मेहर सिंह के.सी.को संयोजकत्वमा ७ सदस्यिय वडा स्तरिय छांया सरकारको गठन गरेको हो ।
छाया सरकारमा बसन्त खड्का, दिलदार हुसेन, डुक बहादुर खत्री, सुभकला नेपाली, आरता टन्डन गोपाल खनाल रहेका छन् ।
यस्तै राष्ट्रिय जनमोर्चाको सन्धिखर्क वार्ड नम्बर ७ खाचिकोटको गच्छेखोला बजारमा सम्पन्न वार्ड स्तरिय भेलाले १३ सदस्य समिति गठन गरेको छ । जसको अध्यक्षमा दिलदार हुसेन, सचिबमा वसन्त खड्का, कोषाध्यक्षमा गोपाल खनाल रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.ले सिंहदरबारको अधिकार गाउंमा नारा लिएर जनतालाई सास्ती, जनप्रतिनिधि र कर्मचारीलाई मस्ती हुन नदिन आफुहरुले देशैभर छांया सरकार गठन गर्न लागेको बताउनुभयो ।जनता र राष्ट्रको ढुकुटि दुरुपयोग हुन नदिने आफुहरुको छांया सरकारको उद्धेश्य रहेको भन्दै उहांले भ्रष्ट्रचार अन्त्य गर्ने राजमोको अभियानमा साथ दिन जनतासंग अपिल समेत गर्नुभएको छ ।
साथै कार्यक्रममा मन्तव्य राख्दै ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.राजमो जिल्ला उपाध्यक्ष पशुपती ढकाल र नेता सिद्दी भट्टराईले राजमोले लिएको निति र कार्यक्रम जहिलेपनि सफल भएको दावी गर्दै राष्ट्र र जनताको जित नभए सम्म आफुहरुको लडाई निरन्तर हुने उद्घोष गर्नुभएको छ ।