अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्दारा छांया सरकार गठन गतिबिधिलाई तिब्र

गोपाल प्रसाद भट्टराई
खांचिकोट, अर्घाखाँची । आसन्न जेठ १२ र १३ गते चौथो जिल्ला सम्मेलनको तयारीमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सांगठनिक गतिबिधिलाई क्रियाशिल पारेको छ ।
सम्मेलनको तयारी स्वरुप जिल्लाका ६ वटै पालिका तथा प्रत्येक वडा–वडामा भेला, प्रशिक्षण, जनभेटघाट, सदस्यता बितरण र छांया सरकार गठन जस्ता गतिबिधिलाई तिब्र पारेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । जस अन्तरगत राष्ट्रिय जनमोर्चा सन्धिखर्क ७ खांचिकोटको भेला नयां नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नव गठित वार्ड समितिको अध्यक्षमा दिलदार हुसेन,सचिब वसन्त खड्का र कोषाध्यक्षमा गोपाल खनाल चयन हुनुभएको छ । 
यसैबिच भेलाले मेहर सिंह के.सी.को संयोजकत्वमा ७ सदस्यिय खांचिकोट छाया सरकारको पनि गठन गरेको वसन्त खड्काले जानकारी दिनुभएको छ । कार्यक्रममा मन्तव्य राख्दै राजमो प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.,ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.राजमो जिल्ला उपाध्यक्ष पशुपती ढकाल र नेता सिद्दी भट्टराईले राजमोले लिएको निति र कार्यक्रम जहिलेपनि सफल भएको दावी गर्दै राष्ट्र र जनताको जित नभए सम्म आफुहरुको लडाई निरन्तर हुने उद्घोष गर्नुभएको छ । 
यसैबिच राष्ट्रिय जनमोर्चाले सन्धिखर्क १ को प्रशिक्षण बैठकपनि आजै सम्पन्न गरेको छ । वार्ड अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता र राजमो नेता यमलाल पोख्रेल,गोविन्द वि.सी.,महिला नेतृ कल्पना पोख्रेल लगायतले सहजीकरण गर्नुभएको बैठकले गोविन्द वि.सी.को अध्यक्षतामा ५ सदस्यीय वार्ड स्तरिय छांया सरकारको गठन गरेको छ । जसको सदस्यहरुमा गोपाल पौडेल,राजेन्द्र नेपाली,सीता नेपाली र मजन्ता नेपाली रहनुभएको छ । बैठकले वार्डबाट हुने विकास निर्माण र जनताका सेवालाई चुस्त र पारदर्शिता बनाउन छांया सरकारले सक्रिय भुमिका खेल्ने निर्णय गर्दै आसन्न नगर अधिबेशनको निम्ती प्रतिनिधि प्रर्यवेक्षक छनोट समेत गरेको  छ ।

अन्य समाचारहरु