मसाल निकट युवक संघको हजारौं सहभागीता भएको सातौ राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न (भिडियो,तस्बिर सहित)


बसन्त खड्का
पोखरा । नेकपा मसाल निकट अखिल नेपाल युवक संघको सातौ राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ ।
हजारौको संख्यामा निकालिएको विशाल जुलुसले पोखराका विभिन्न भागमा परिक्रमा गरेको थियो ।
सातौ राष्ट्रिय सम्मेलनको प्रमुख अतिथी राजमो केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले एक समारोहका बिच उद्घाटन गरेका थिए । उनले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको खुलेर विरोध गरेका थिए ।
यस्तै कार्यक्रम अनिल किशोर घिमिरेको सुभकामना,  युवक सँघका केन्द्रीय उपाध्यक्ष जितामित्र सुनारको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा रक्तिमका अध्यक्ष जीवन शर्माले सास्कृतिक कोशेलीहरु प्रस्तुत गरेका थिए ।