आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत भएको एमालेका नेता माधवकुमारको टिप्पणी


नेकपा एमालेका नेता माधवकुमार नेपालले आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत भएको टिप्पणी गरेका छन् ।
ललितपुरस्थित खानेपानी आयोजनाको शनिबार शीलान्यास गर्दै उनले कुनै पनि हालतमा त्यस्ता गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिने गरी नियमावली बन्न नदिने प्रष्ट पारे ।
नेता नेपालले आपराधिक गतिविधिमा संलग्न सांसदलाई निलम्बन गर्नेगरि नियमावली बनाइने बताए । संसदमा पेश भएको नियमावलीको मस्यौदा त्रुटिपूर्ण रहेकाले एमालेले संशोधन दर्ता गराएको उनको भनाइ थियो ।
नेपाली कांग्रेस र मधेसवादी दलले आपराधिक गतिविधिमा संलग्न सांसदलाई पुर्पक्षका लागि थुनामा रहँदा पनि निलम्बन गर्न नहुने बताउँदै आएका छन् । इमेजखबरमा समाचार छ ।